२२ असार । स्लोभाकियाका पिटर सागनले जारी टुर डी फ्रान्स साइक्लिङ प्रतियोगिताअन्तर्गत सातौं चरणको रेश पहिलो स्थानमा पूरा गर्न सफल भएका छन् ।
गएराति भएको मोन्टपोलियरदेखि एल्बिसम्मको २ सय ५ दशमलव ५ किलोमिटरको रेश ४ घण्टा ५४ मिनेट १२ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हात पार्न सफल भएका हुन् । त्यस्तै, जर्मनीका जोन डेगोनकोल्बले दोस्रो तथा इटालीका ड्यानिले बेन्नाटीले तेस्रो स्थानमा रहँदै रेश पूरा गरेका छन् ।
समग्रमा अहिलेसम्म २१ घण्टा १२ मिनेट २९ सेकेन्डमा रेश पूरा गदै दक्षिण अफ्रिकाका डार्यल इम्पे शीर्ष स्थानमा रहेका छन् । त्यस्तै, नर्बेका राइडर इडभाल्ड बोआसन हेगन समग्रमा दोस्रो तथा अस्ट्रेलियाका सिमोन गेरान्स तेस्रो स्थानमा रहेका छन् । प्रतियोगिताअन्तर्गत अब कास्टेसदेखि डोमाइनेससम्मको १ सय ९५ किलोमिटरको रेश सन्चालन हुनेछ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment