मार्केल टुर डी फ्रान्सको १२ औं चरणको रेशमा पहिलो भए - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

मार्केल टुर डी फ्रान्सको १२ औं चरणको रेशमा पहिलो भए

Share This
२८ असार । जर्मनीका मार्केल किटेलले जारी टुर डी फ्रान्स साइक्लिङ प्रतियोगिताअन्तर्गत १२ औ चरणको रेश पहिलो स्थानमा पूरा गर्न सफल भएका छन् ।
गएराति भएको फौगेरेसदेखि टुर्ससम्मको २ सय १८ किलोमिटरको रेश जर्मनीका मार्केल किटेलले ४ घण्टा ४९ मिनेट ४९ सेकेन्डमा पूरा गदै पहिलो स्थान हात पार्न सफल भएका हुन् । त्यस्तै, ग्रेट ब्रिटेनका मार्क क्याभेन्डिसले दोस्रो तथा स्लोभाकियाका पिटर सागनले तेस्रो स्थानमा रहँदै रेश पूरा गरेका छन ।

समग्रमा अहिलेसम्म ४२ घण्टा २९ मिनेट २२ सेकेन्डमा रेश पूरा गर्दै ग्रेट ब्रिटेनका क्रिश फोमी शीर्ष स्थानमा छन् । फोमीभन्दा मात्र तीन मिनेट २५ सेकेन्ड पछाडि रेश पूरा गरेका स्पेनी अलेक्जान्द्रो भालभेर्दो दोस्रो तथा नेदरल्याण्डस्का बौके मोल्लेमा तेस्रो स्थानमा छन् । प्रतियोगिताअन्तर्गत शुक्रबार टुर्सदेखि सेन्ट अमान्द मोन्टरोडसम्मको १ सय ७३ किलोमिटरको १३ औ चरणको रेश सन्चालन हुनेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here