सिमोन गेरान्सबाट टूर डी फ्रान्स साइक्लिङको चौथौ चरणको रेश पहिलो स्थानमा पूरा

१९ असार । ओरिका टिमका अस्ट्रेलियाली साइक्लिस्ट सिमोन गेरान्सले टूर डी फ्रान्स साइक्लिङ प्रतियोगिताअन्तर्गत चौथौ चरणको रेश पहिलो स्थानमा पूरा गरेका छन् ।

गएराति भएको २५ किलोमिटरको नाइसदेखि नाइससम्मको रेश २५ मिनेट ५६ सेकेन्डमा पूरा गर्दै गेरान्सले पहिलो स्थान प्राप्त गरेका हुन् । समग्रमा अहिलेसम्म गेरान्सले १२ घण्टा ४७ मिनेट २४ सेकेन्डमा रेश पूरा गर्दै ‘यल्लो जर्सी’ लिन सफल भएका छन् ।

त्यस्तै, दक्षिण अफ्रिकाका डार्यल इम्पे दोस्रो तथा स्विजरल्याण्डका मिचेल अल्बासिनी तेस्रो स्थानमा रहेका छन् । प्रतियोगिताअन्तर्गत बुधबार काग्नेस सुर मेरदेखि मार्सिल्लेसम्मको २ सय २८ दशमलव ८ किलोमिटरको रेश सन्चालन हुनेछ ।



0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...