
बिगत ५ दिनदेखिको बर्षाका कारण संखुवसभाको तुम्लिङटार बिमानस्थलमा उडान स्थगित हु्ँदा यात्रु अलपत्र परेका हुन । दैनिक ३ पटकसम्म हवाइ उडान हुदै आएको बिमानस्थलमा उडान सेवा बन्द हुदा बिरामीहरु बढी मारमा परेका छन् ।
जिल्लाका सडक समेत बर्षाले बिग्रिए पछि बिकल्पको रुपमा रहेको हवाई सेवा पनि प्रभावित हुँदा बिरामी र अशक्तहरु प्रभावित बनेका हुन् । मौसममा सुधार भए पछि मात्र हवाइ सेवा सुचारु हुने तुम्लिङटार विमानस्थलका अधिकारीले बताएका छन् ।
No comments:
Post a Comment