लगातारको बर्षाले नेपालगञ्जका अधिकांश क्षेत्र डुबानमा - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

लगातारको बर्षाले नेपालगञ्जका अधिकांश क्षेत्र डुबानमा

Share This
दीपा आले ।
अविरल वर्षाका कारण नेपालगन्जका अधिकांश क्षेत्र जलमग्न भएको छ ।
हिउंदमा बाटो र ढल मर्मत नहुंदा अधिकांश क्षेत्र जलमग्न भएका हुन् ।
बर्षासँगैको बाढीले बसपार्क, भेरी अस्पताल रोड, घरबारीटोल, सुर्खेतरोड, धम्बोझी चौक, फुल्टेक्रा, कोरियनपुर क्षत्रका अधिकांश सडक डुबेका छन् । सडकमा पैदल हिड्न नमिल्ने अवस्था छ । गत वर्ष भयाबह रुपमाले डुबानमा परेको नेपालगन्ज नगरलाई यसवर्ष डुबानबाट बचाउन ढल सफल गर्ने कार्य भए पनि सो काममा ढिलाइ भएपछि डुबानमा परेको हो । सडकको मर्मत र पानीको निकासका लागि नाली बनाउन लिखित निवेदन दिँदासमेत नगरपालिकाले बेवास्ता गरेरेको स्थानीयबासीको गुनासो छ ।
नेपालगन्जमा ढल निकासको उचित प्रबन्ध नहुँदा विगत केही वर्षदेखि नेपालगञ्जले डुबानको समस्या भोग्दै आएको छ । यतिमात्र नभई राप्ती नदीको भेलले बांकेको कतिपय गाउंहरु डुबानमा परेका छन् भने खेतीयोग्य जमिन कटान हुंदै गइरहेका छन् ।


No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here