१२ साउन । लगातारको दुई हारपछि पाहुना टोली दक्षिण अफ्रिकाले श्रीलंकाबिरुद्धको जारी तेस्रो एकदिवसीय क्रिकेटमा बाजी मारको छ ।
तेस्रो एकदिवसीयमा घरेलु टोलीलाई ५६ रनले पराजित गदै अफ्रिकाले श्रृखला समेत दुई एकको अवस्थामा ल्याएको छ । शुक्रवारको खेल पराजित भएपछि दुई खेल अगावै श्रृखला कव्जा गर्ने श्रीलंकाको सपना भने चकनाचुर भएको छ ।
शुक्रवारको खेलमा पहिले व्याटिङ गरेको दक्षिण अफ्रिकाले डेभिड मिलरको नटआउट ८५ रनको मद्दतले दुई सय २३ रनको मध्यम स्कोर खडा गरेको थियो । अफ्रिकाको इनिङमा कप्तान एवि डिभिलियर्सले ४७ रनको योगदान दिए ।
दुई सय २४ रनको लक्ष्य लिएर जवाफी व्याटिङ गरेको श्रीलंकाको ओपनिङ कमजोर रह्यो । श्रीलंका ४३ ओभर २ बलमा अलआउट हुँदै एक सय ६७ रनमै अलआउट भएको थियो । उपुल थारांगा, लितकरत्ने दिलसान, कुमार सांगाकारा जस्ता सशक्त
व्याट्सम्यानलाई सस्तोमै गुमाएपछि एकपछि अर्को गदै श्रीलंका खेलमा दवावमा परेको थियो । थिसरा परेराले अक्रमक व्याटिङ गदै खेलमा फर्काउने प्रयास गरेपनि उनको विकेट पतनपछि श्रीलंकाको दुई खेल अगावै श्रृखला कव्जा गर्ने योजना चकनाचुर भएको हो । परेराले ६५ रनको योगदान दिए । दिनेश चन्डिमलले २९ रनको योगदान दिए ।
बलिङतर्फ श्रीलंकाका अजन्था मेन्डिसले तीन विकेट लिए । यस्तै अफ्रिकाका लोन्वाबो तोत्तोबेले ४ विकेट हात पारे । खेलको म्यान अफ द म्यच डेभिड मिलर भए ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment