नेकपा–माओवादीलाई चुनावमा सहभागी हुन आग्रह: शंकर पोखरेल

१७ असार । नेकपा एमाले सचिव शंकर पोखरेलले नेकपा–माओवादीलाई चुनावमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

दाङको तुलसीपुरमा सोमबार भएको कार्यक्रममा सचिव पोखरेलले पोखरामा जारी नेकपा–माओवादीको बैठकबाट दलहरूसँगको संवादलाई खुल्ला राख्दै चुनावको पक्षमा निर्णय गर्न आग्रह गर्नुभएको हो ।

सचिव पोखरेलले चुनाव हुन नसके लोकतन्त्रमाथि प्रहार हुने भन्दै त्यसको दोष राष्ट्रपति, मन्त्रिपरिषद् अध्यक्ष, चारदलीय संयन्त्र र शीर्ष नेताहरूले लिनुपर्ने बताउनुभयो । उहाँले मन्त्रिपरिषद्ले चुनाव गराउन नसके सर्वोच्च अदातलले यसअघि गरेको राजनीतिक विषयका सबै निर्णयमाथि प्रश्न उठ्ने बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...