भाषाको संरक्षण नहुँदा जात जाति र राष्ट्रियता संकटमाः मोदनाथ प्रश्रित

२४ असार । वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले आगामी हुने सविधानसभाको निर्वाचनमा जात–जाती, भाषा–संस्कृति तथा वर्ग समुदायको प्रतिनिधित्व गर्न सक्ने व्यक्तिको चयन हुनुपर्ने बताउनुभएको छ ।

पहिलो सविधानसभाको निर्वाचनमा चयन भएका प्रतिनिधीहरुले जात जातीका नारा उठाए पनि व्यवहारमा लागु गर्न नसक्दा देशमा जातीय हिंसासमेत भड्काउन थालेको आरोप लगाउनुभयो । साथै जात जाती, भाषा संस्कृतिको वेवास्ता गर्दा संविधान जारी हुन नसकेको तर्क गर्नुभयो ।

तनहुँको दमौलीबाट प्रकाशित ‘भञ्ज्याङ’ राष्ट्रिय दैनिक पत्रिकाको ३२ औं बार्षिकोत्सवका अवसरमा प्रश्रितले आगामी संविधानसभाको चुनावमा भाषा, संस्कृति, जातजातीको बारेमा जानकार भएको बौद्धिक वर्गको प्रतिनिधित्व हुनुपर्ने धारणा अघि सार्नुभयो । प्रश्रितले नेपालीले भाषालाई सम्मान गर्न नसक्दा विभिन्न जात–जातिको अस्तित्वसमेत संकटमा पर्न थालेको बताउनुभयो । भाषालाई मान्नु भनेको जातीलाई मानु भएको बताउँदै अंग्रेजीको सिको गर्दा नेपाली भाषा, साहित्य र जातीय भाषा–भाषीसमेत ओझेलमा पर्दै गएको बताउनुभयो ।

पछिल्लो पुस्तामा नेपाली भाषालाई भन्दा अंग्रेजी भाषा र संस्कृतीलाई नक्कल गर्ने प्रवृत्ति बढेकाले नेपाली भाषा संस्कृति झन धरापमा पर्ने भन्दै समयमै सचेत हुन सबैलाई आग्रह गर्नुभयो ।

वि.सं. २०३९ सालबाट कास्कीबाट साप्ताहिक रुपमा प्रकाशन थालिएको ‘भञ्ज्याङ’ पत्रिका १२ बर्ष देखि तनहुँको दमौलीबाट दैनिक रुपमा प्रकासन हुँदै आएको छ । ‘भञ्ज्याङ’ राष्ट्रिय दैनिक तनहुँको पहिलो दैनिक पत्रिका पनि हो । जसले मोफसल र केन्द्रीय तहका समाचारलाई नै मुख्य केन्द्र बनाएर पाठकहरुका चाहना पुरा गर्दै आइरहेको छ ।

पत्रिका प्रकाशनको सुरुवातमा कठोर पञ्चायती शासन व्यवस्थाको दबदबा विद्यमान हुँदा हुँदै पनि पत्रिकाले आफ्नो प्रकाशनलाई निरन्तरता दियो । मुलुकको सशस्त्र द्वन्द्वको चपेटाले आक्रान्त पारेको समयमा पनि कतै विचलित नभई आफ्नो प्रकासनलाई अघाडि बढाउँदै आएको पत्रिकाका सम्पादन बिश्वबन्धु भण्डारी बताउनुहुन्छ ।

पत्रिका प्रकाशनका दौरानमा २०४२ साल र २०४३ सालमा वाक् तथा प्रकाशन स्वतन्त्रता अन्तर्गत आफूले ९ महिना जेल जीवन विताएको, हातमा हतकडीकासाथै पुनरावेदन अदालतमा दुईवटा मुद्दासमेत भोगेको सम्पादक भण्डारीले बताउनुहुन्छ ।

आफ्नो आस्था र विश्वासलाई नझुकाईकन भण्डारीले पत्रिका पत्रकाशनलाई निरन्तरता दिँदै आउनुभएको छ । पत्रिकाको ३२ औं बार्षिकोत्सवको अवसरमा इनेटनेपाल डट कमको तर्फबाट पनि शुभकामना तथा पाठकका इच्छा र चाहनालाई अँगाल्दै आगामी दिनहरुपमा पनि पत्रिकाले निरन्तरता पाओस् पुनः शुभकानमा ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...