भारतमा २ तले होटेल भत्किँदा ६ जनाको मृत्यु

२३ असार । भारतको सेकेन्दराबादमा २ तले होटल भत्कंदा ६ जनाको मृत्यु भएको छ ।

हैदराबादका प्रहरी प्रमुख अनुराग शर्माका अनुसार, सेकेन्दराबादको आरपी रोड स्थित होटल सिटी लाईटको भान्छाकोठा भत्किंदा ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा ११ घाइते भएका छन् । भत्किएको भवनको भग्नावशेषमा अझै केही हराइरहेको प्रहरीले जनाएको छ । भवनमा फंसेकाहरुको उद्दार कार्य जारी छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...