क्षतिपुर्तिको माग राख्दै सुनसरीको दुहवीमा यातायात बन्द - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

क्षतिपुर्तिको माग राख्दै सुनसरीको दुहवीमा यातायात बन्द

Share This
२९ असार । चिकित्सकको लापरवाहीका कारण सुनसरी सिमारीयाकी एक महिलाको मृत्यु भएको भन्दै आफन्तजनले विरोध गर्दै यातायात सेवा बन्द गरेका छन् ।
स्थानीय २५ वर्षकी रिता चौधरीलाई चौधरीलाई प्रसुती व्यथा लागेपछि बिहीबार राती सुनसरीको दुहवीस्थित सुनसरी सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकले लापरवाही गर्दा अस्पतालमा बच्चा जन्मिसकेपछि चौधरीको ज्यान गएको आफन्तले दावी गरेका छन । नवजात शिशुको अवस्था भने समान्य रहेको दुहवी प्रहरीले जनाएको छ ।

अस्पतालको लापरबाहीका कारण चौधरीको मृत्यु भएको भन्दै आफन्त जनले आफन्तले सुनसरीको दुहवीमा यातायात बन्द गरेका हुन् । बन्दका कारण धरान बिराटनगर सडक खण्डमा सयौं सवारीका साधन अलत्रप परेका छन् ।

मृतकका आफन्त राजकुमार चौधरीले दोषीलाई कारवाही नभएसम्म धरान बिराटनगर सडक खण्ड अवरुद्ध पार्ने चेतावनी दिएका छन् । मृतकका आफन्तले पीडितलाई राहत दिनु पर्ने माग राखेका छन् ।आक्रोसित आफन्तले शुक्रबार साँझ अस्पतालमा तालबान्दी समेत गरेका थिए । अस्पतालमा तालबन्दी गरेपछि दुहवी प्रहरीले अस्पतालका सञ्चाक डाक्टर सरोज सिंहलाई नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here