अबरुद्ध पृथ्वी राजमार्ग सुचारु

२७ असार । चितवनको मुग्लिन बजार नजिकै पहिरो जाँदा अवरुद्ध भएको पृथ्वी राजमार्ग बिहान साढे १० बजेबाट सञ्चालनमा आएको छ ।

बिहान ८:३० बजेदेखि अवरुद्ध भएको सडक झण्डै दुई घण्टापछि खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

डोजरको सहायतामा पहिरो पन्छाइएपछि सडक खुलेको हो । सडक खुलेसँगै बीच बाटोमा रोकिएका सवारीसाधान गन्तव्यतर्फ लागेका छन् । अत्यन्तै व्यस्त मानिने पृथ्वी राजमार्ग अविरल वर्षाका कारण पटकपटक अवरुद्ध हुँदा यात्रुले हैरानी खेप्नुपरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...