पूर्व लडाकुहरु औपचारिक रुपमा नेपाली सेनामा प्रवेश

२१ असार । विस्तृत शान्ति सम्झौता अनुरुप समायोजनमा परेका पूर्व माओवादी लडाकुहरु शुक्रबारबाट औपचारिक रुपमा नेपाली सेनामा प्रवेश गरेका छन् ।

समायोजन रोजेका पूर्व माओवादी लडाकुलाई मंसिर १० गतेदेखि मुलुकका विभिन्न स्थानमा समायोजनका लागी सैन्य तालिम दिइएको थियो । तालिममा सहभागि भएका अधिकृत बाहेकका पूर्व लडाकुहरुले शुक्रबारैबाट औपचारीक रुपमा नेपाली सेनामा प्रवेश पाएका हुन ।

यसैक्रममा पूर्वी पृतना हेडक्वाटर इटहरीको तालिम शिक्षालय लेटागंमा तालिम पुरा गरेका पुर्व लडाकुहरुलाई पुर्वी पृतनाका पृतनापति मनोज वस्न्यातले औपचारिक रुपमा सेनामा प्रवेश गराउनुभयो । देशभरका तालिम पुरा गरेका १ हजार ३ हजार ५२ जनामध्य पूर्वी पृतना मार्फत ८० जना नेपाली सेनामा प्रवेश गरेका हुन् ।

मोरगंको लेटागंवाट तालिम पुरा गर्ने माओवादी पुर्व लडाकहरुमध्ये एक सुवेदार , एक जम्दार , ११ हुद्धा, १० अमल्दार, १३ पियुफ्ठ र ४४ जना सिपाही औपचारिक रुपमा नेपाली सेनामा प्रवेश पाएका छन भने २ नम्वर वाहिनी सैन्य तालिम गुल्म धनकुटावाट १ सय ७३ जना सेनामा गएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...