रसियामा एकजना पत्रकारको गोली हानी हत्या

२५ असार । रसियामा एकजना पत्रकारको मङ्गलबार गोली हानी हत्या भएको छ ।

अज्ञात व्यक्तिको गोली प्रहारबाट अक्मेदनाबी अक्मेदनाबियब नामका पत्रकारको घटनास्थल मै मृत्यु भएको हो ।
रसियाको देगास्तान क्षेत्रमा सो पत्रकारमाथि गोली प्रहार भएको थियो । उहाँको हत्यामा पत्रकारिताकै कारण रहेको पाइएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । मृतक स्थानीय क्षेत्रबाट प्रकाशित हुने नोभोए देलो नामक पत्रिकाका उपसम्पादकका साथै राजनीतिक विश्लेषक हुनुहुन्थ्यो ।
यसअघि पनि उहाँको हत्या प्रयास भएको थियो । उहाँले गर्ने गरेका राजनीतिक विश्लेषणलाई हत्याराले लक्ष्य गरेको हुनसक्ने बताइएको छ ।सोही क्षेत्रमा सन् २०१२ को जनवरी महिनामा पनि एकजना सम्पादक र समाचारबाचकको हत्या भएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...