इराकमा आत्मघाती बम विष्फोटबाट २२ जनाको मृत्यु

१८ असार । इराकको राजधानी बग्दाद नजिकैको मुक्दादिया शहर स्थित शिया मस्जिदमा आत्मघाती बम आक्रमण हुँदा २२ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका एक प्रहरी अधिकारीको अन्तिम संस्कारका लागि भेला भएका शिया मुस्लिमहरु, प्रार्थना गरिरहेका बेला आत्मघाती आक्रमण भएको प्रहरीले बताएको छ ।

आक्रमणको जिम्मेवारी कसैले लिएको छैन् । इराकमा पछिल्लो समय बढेको शिया र सुन्नी मुस्लीम समुदाय बिचको राजनैतिक विवादका कारण हिंसाका घटनामा वृद्धि भईरहेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...