स्नोडेनले भेनेजुएलामा शरण पाउने भए

२२ असार । अमेरिकी जासुसी संस्था सीआईएका पूर्वसूचना प्राविधिक इडवार्ड स्नोडेनलाई भेनेजुएला सरकारले शरण दिने घोषणा गरेको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोला मादुरोले मानवीयताका आधारमा स्नोडेनलाई शरण दिने घोषणा गरेका हुन् । रसियाको मस्को विमानस्थलस्थित होटलमा बसिरहेका स्नोडेनले शरणको आग्रह गरेका दर्जनौ मुलुकमध्ये पहिलोपटक भेनेजुएलाले उनको आग्रह स्वीकार गरेको हो ।

त्यस्तै, निकारागुवा सरकारले पनि अवस्था हेरी स्नोडेनलाई शरण दिन सकिने जनाएको छ । इक्वेडर सरकारले भने स्नोडेनको आग्रह विचाराधिन रहेको बताउँदै आएको छ । विभिन्न गोप्य निगरानी कार्यक्रमहरू सार्वजनिक गरिदिएको भन्दै अमेरिकी सरकारले ‘देशद्रोही’को आरोप लगाएर पक्राउ पूर्जी जारी गरेको छ । अमेरिकाबाट हुन सक्ने गिरफ्तारी छल्न स्नोडेनले विभिन्न मुलुकसँग शरणको आग्रह गर्दै आएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...