मादी नदीमा बस खसेर मृत्यु हुने ११ जना मध्ये ९ जनाको सनाखत(फोटो फिचर)

२३ असार । तनहुँको दमौली स्थित मादीनदीको पुलबाट शनिवार अपरान्ह भएको वस दुर्घटनामा परि मृत्यु हुने ११ जना मध्ये अहिले सम्म ९ जनाको सनाखत भएको छ ।

२ जनाको भने अझै सनाखत हुन सकेको छैन् । पोखराबाट मुग्लिनतर्फ आउँदै गरेको ना ४ ख ४६८४ नम्बरको बसले दमौलीको मादी पुलको दायाँतर्फको रेलिङ भत्काएर २५ मिटर तल मादी नदीमा खसेको थियो । बस खस्दा ७ पुरुष, ३ महिला र १ वालकको घटना स्थलमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते १० जना मध्ये ८ जनाको मणिपाल शिक्षण अस्पताल पोखरा र अन्य २ घाईतेको दमौली स्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ

मृतकको नाम

महेश वस्ताकोटी –२८ बर्षीय, नवलपरसी
केशव प्रसाद ढकाल– ३२ बर्षीय, चितवन
टिका मायाँ आले –४० वर्षिय, ब्यास नगरपालिका–१
मनु थापा– २२ बर्षीय, कास्की पोखरा उपमहानगरपालीका–१४
आयुष थापा–७ बर्षीय, ब्यास–११ तनहुँ
हेमराज श्रेष्ठ– २१ बर्षीय, खोटाङ्ग पोखरी ( मृतक पुर्व लडाकु हाल नेपाली सेनामा समायोजन भएका थिए)
लक्ष्मी नारायण श्रेष्ठ–५० बर्षीय, (मृतक हेमराज श्रेष्ठका बाबु हुन्)
होम वहादुर सोमाई– २३ बर्षीय, घाँशिकुवा ९ तनहुँ
र किरण श्रेठ, ४३ बर्षीय काठमान्डौं महानगरपालिका–८ (प्रेस काउन्सिल नेपालका शाखा अधिकृत)

दुर्घटनामा घाइते भएकाहरुको नाम रठेगानाः

पोखरामा उपचार भइरहेकाहरुः
पदम कामी, नवलपरासी
विष्णुमाया थापा, तनहुँ व्यास– ११
केश बहादुर रान– तनहुँ– मन्ताङ
स्मृति ढकाल, चितवन
रञ्जना श्रेष्ठ–खोटाङ
गंगाराम श्रेष्ठ–खोटाङ
सुमन श्रेष्ठ– तनहुँ, थाङ
बसन्त थापा चालक, आवुखैरेनी

तनहुँमा उपचारभइरहेका हरुः
पवित्रा सापकोटा– तनहुँ भानु
सुरेश श्रेष्ठ–स्याङ्जा

,

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...