काठमाडौँको कोटेश्वरबाट ३५ किलो अबैध सुन बरामद

२६ असार । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तिब्बतबाट कन्टेनरमा लुकाएर ल्याउँदै गरेको ३५ किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ ।

मंगलबार विहान काठमाडौंको कोटेश्वरमा बा ३ ख २५७० नम्बरको कन्टेनरबाट उक्त परिमाणको सुन बरामद गरिएको प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

सुनसँगै कन्टेनरका चालक सिन्धुपाल्चोक ४ बस्ने निमा तामाङ पक्राउ परेको केन्द्रिय अनुसन्धान ब्युरोका प्रमुख डिआइजी प्रकाश अर्यालले जानकारी दिनुभयो । पक्राउ गरिएको सुनको बजार मूल्य १७ करोड ५० लाख रुपैयाँभन्दा बढी हुन आउँछ ।
केन्द्रीय अनुसन्धान व्युरोले पत्रकार सम्मेलन गरी घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो । प्रहरीको प्रतिवेदन अनुसार सुन तिब्बतबाट नेपाल हुँदै भारततर्फ तस्कर हुने क्रममा पक्राउ गरिएको उल्लेख गरिएको छ । सुन तस्करमा संलग्न अन्यको पनि पहिचान भइसकेको र उनीहरुको खोजी कार्य भइरहेको डिआइजी अर्यालले जनाकारी दिनुभयो ।

,

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...