विस्तारित बैठकबाट एमाओवादीको सांगठनिक स्वरुप मजबुत बन्ला त ?

४ साउन । एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको प्रथम बिस्तारित बैठक सुरु भएको छ । ललितपुरको खन्ना गार्मेन्टमा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिस्तारित बैठकको उद्धघाटन गरेका हुन ।

बिस्तारित बैठकबाट शिर्ष नेताहरुले पार्टीको सांगठनिक स्वरुपमा एकताबद्ध र मजबुद भएर आउने दाबी गरेका छन । अध्यक्ष प्रचण्डले हेटौडामा भएको सातौ महाधिबेशनबाट बिचार र कार्यदिशामा एकताबद्ध भएर आएपनि सांगठनिक रुपमा बिस्तारित बैठकबाट आफै भित्र रहेका खराबीहरुलाई सफल पार्दै अगाडी बढ्ने दाबी गरे ।

अध्यक्ष प्रचण्डले सातौ महाधिबेशनले ल्याएको कार्यदिशामा छलफल गर्दै संघिय लोकतान्त्रिक गणतन्त्रलाई सस्थागत गर्न लाग्नुपर्ने बताए । अध्यक्ष प्रचण्डले बिस्तारित बैठकबाट आएका चुनावी रणनिति बनाएर गाउँ–गाउमा जाने समेत जिकिर गरे ।
अध्यक्ष प्रचण्डले सुरुमै सातौ महाधिबेशन हुँदा अन्तरिम महाधिबेशन भनेको भन्दै बिस्तारित बैठकमै सबै कुराले प्राथमिकता पाउने दाबी गरे । केन्द्रीय समिति बैठकमा पार्टी सुदृढीकरणका लागि उपाध्यक्ष पद त्याग गरेका डाक्टर बाबुराम भट्टराईले पद त्याग समस्या नभई समाधान भएको दाबी गरे । नेता भट्टराईले जनयुद्धको जगमा बनेको पार्टीमा अन्र्तबिरोध देखा परेको भन्दै शान्ति प्रक्रियामा आएपछि क्रान्तिकारी पार्टी असुब्य भएको जिकिर गरे ।

नेता भट्टराईले त्याग र बलिदानको पार्टीलाई सुदृढीकरण र बहस गरेर एकढिक्का भएर निष्कने दाबी गरे । उद्धघाटन कार्यक्रममा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीको कार्यदिशा र सांगठनिक आचरण सुधार नगरे दक्षिणपन्थी दिशातिर जाने हुदा सबै सच्चीनुपर्ने आवश्यकता भएको बताए । उपाध्यक्ष श्रेष्ठले जनयुद्धमा हजारौको बलिदानले बनेको पार्टी संसदबादमा फसे बुर्जुवा पार्टी बन्ने दाबी गरे ।

करिब ५ सय नेता तथा कार्यकर्ता सहभागी भएको बिस्तारित बैठकमा हेटौडा महाधिबेशनबाट रिक्त भएका, पदाधिकारी स्थायी कमिटि पोलिटब्युरो र केन्द्रीय सदस्यहरुको चयन गर्ने छ । बिस्तारित बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराईलाई उपाध्यक्षमै फिर्ता गर्ने, नआए बरिष्ठ नेता बनाउने प्रस्ताव मान्य नभए प्रचण्डले पार्टीमा अध्यक्ष मात्र रहने र अन्य सबैलाई केन्द्रीय सदस्य बनाउने समेत प्रस्तावका बारेमा छलफल हुने छ । तीन दिनसम्म चल्ने बिस्तारित बैठकमा पार्टीको कार्यदिशा, राष्ट्रिय अधिवेशन र दोश्रो संविधानसभाको चुनावमा केन्द्रीय भएर छलफल हुने छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...