रुकमको विमानस्थलमा कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा

२१ असार । पहाडी जिल्लाका बिमानस्थलहरुमध्य सबैभन्दा सुरक्षित मानिने रुकुमको सल्ले बिमानस्थलको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

गत फागुनबाट सुरु गरिएको कालोपत्रे यहि महिनाको अन्तिम साता सकिने छ । विमानस्थलको धावनमार्ग पक्की गर्न विगत पाच महिनादेखि हवार्ई उडान समेत बन्द गरिएको छ । जेठ महिनाभित्रै काम सक्ने गरी काम शुरु गरेपनि बर्षातका कारण ढिला भएको निमार्ण कम्पनीले जनाएको छ ।

पर्यटन मन्त्रालयको पाँच करोड रुपैयाँको लगानीमा विमानस्थललाई पक्की बनाउन सुरु गरिएको हो । कालोपत्रेका लागि बिमानस्थल बन्द भएपछि विरामी तथा अशक्तहरुलाई समस्या हुदै आएको छ । रुकुममा चौरजहारी र सल्ले बिहानस्थल गरी २ वटा बिमानस्थल रहेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...