बाजुराको आटीचौरमा भाइरल ज्वरोको प्रकोप, स्वास्थ्य कर्मी नहुँदा उपचारमा समस्या - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बाजुराको आटीचौरमा भाइरल ज्वरोको प्रकोप, स्वास्थ्य कर्मी नहुँदा उपचारमा समस्या

Share This
कृष्ण ओली ।
१४ साउन । बाजुराको आटीचौर गाविसमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । बर्षाको पानी र फोहरका कारण गाविसका सबैजसो वडाहरुमा प्रकोप फैलिएको आटीचौर स्वास्थ्य चौकीले जनाएको छ । आटीचौर स्वास्थ्य चौकीका अनुसार स्वास्थ्य चौकीमा दैनिक जसो ६० बढी विरामी उपचारका लागि आउने गरेका छन् । स्थास्थ्य चौकीमा आउने विरामीहरुमा भाइरल ज्वरोका लक्षणहरु देखिएका छन् ।
विरामीहरुलाई ज्वरो आउने, खोकी लाग्ने र कसैकसैमा पखाला समेत लाग्ने गरेको प्राथमिक स्वास्थ्य चौकीमा कार्यरत अनमी सितादेवी शाहले बताउनुभयो ।
भाइरल ज्वरोका विरामीहरु दिनप्रतिदिन स्थास्थ्य चौकीमा आउने क्रम बढ्दो छ तर डाक्टर नहुँदा विरामीको उपचारमा समस्या आएको स्वास्थ्यकर्मीले बताएका छन् ।

स्वास्थ्य चौकी इन्चार्ज दिर्घबहादुर खड्का घर विदामा गएपछि हाल ग्रास्वाका दलबहादुर रोकायाले सञ्चालन गर्दै आएका हुन् । खड्का एक महिना पहिले घर विदामा गएका थिए । निमित्तका रुपमा अनमी सुधा हमाललाई जिम्मेवारी दिएर डाक्टर साप घर विदामा गएका हुन, हमाल मेडमले काम मिलाएर बह्मतोला स्वास्थ्य चौकीमा गएपछि ग्रास्वाकाले सञ्चालन गर्नु परेको एक जना स्वास्थ्य कर्मीले भने ।

गत वर्षको मंसिरबाट आटीचौर स्वास्थ्य चौकीमा सरुवा भएकी हमाल काज सरुवाका नाममा बह्मतोला मै बस्ने गरेका कारण उपचार सेवामा समस्या आएको कार्यरत स्वास्थ्य कर्मीले बताएका छन् । डाक्टर त छैनन् छैनन्, औषधिको पनि अभाव छ, विरामीहो हालत हेर्दा त्यस्तै दयनीय छ, यस्तो अवस्था हुँदा हुँदै पनि जिल्ला स्वास्थ्य कार्यालय भने बेखबर जस्तै बनेको स्थानीयबासकिो आरोप छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here