२२ असार । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको दमौलीबाट मादी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको छ ।
दुर्घटनास्थलबाट ८ जनाको जिवितै उद्दार गरिएको छ । मृतकको सनाखत हुन सकेको छैन । मृतकमध्ये ६ पुरुष, २ महिला र १ बच्चा रहेका छन् । पोखराबाट मुग्लिनतर्फ आउँदै गरेको ना ४ ख ४६८४ नम्बरको बस मादी पुलबाट नदीमा खसेको हो । बसको अधिकांश भाग पानीमा डुबेको छ र भने नदीमा पानीको बहाव बढेको छ । पुलमा लगाइएको बार भत्काएर बस विपरित दिशातर्फ खसेको छ ।
बसमा रहेकाहरुको खोजी तथा उद्दार जारी छ । उद्दारका लागि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी जुटेका छन् ।
No comments:
Post a Comment