सेरना विलियम्सले स्वीडेन ओपन टेनिसको उपाधि जितिन् - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

सेरना विलियम्सले स्वीडेन ओपन टेनिसको उपाधि जितिन्

Share This
७ साउन । विश्व नम्बर एक अमेरिकी सेरेना विलियम्सले स्विडिस ओपन टेनिस प्रतियोगिताको उपाधी जित्न सफल भएकी छिन ।
गएराती भएको फाइनल खेलमा अमेरिकी सेरेना विलियम्सले स्विडेनकी जोहान्ना लार्ससनलाई ६—४ र ६—१ को सोझो सेटमा पराजित गर्दै उपाधी माथि कब्जा जमाउन सफल भएकी हुन् । ३१ वर्षिय अमेरिकी सेरेनाले २०१३ मा खेलको ५१ म्याचमा जितेको यो सातौ उपाधी हो ।

खेलको पहिलो सेटमा सेरेनालाई निकै कडा टक्कर दिएकी लार्ससन खेलको दोस्रो सेटमा भने सहजै पराजित भएकी थिइन् । सेरेनाले यो सिजनमा ब्रिसबर्न इन्टरनेसनल, माइमी टेनिस च्याम्पियनसिप, फ्यामेली सर्कल कप, म्याड्रिड टेनिस, इटालियन ओपन र फ्रेन्च ओपन टेनिसको उपाधी जितेकी थिइन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here