२५ असार । कूल गार्हस्थ उत्पादनमा ३३ प्रतिशत योगदान राख्ने कृषिमा ६६ प्रतिशत जनसंख्या प्रत्यक्ष रोजगार छन् ।
सरकारले यो आर्थिक बर्षमा मात्र कृषिमा २९ अर्ब ७३ करोड रुपैया लगानी गरेको थियो । तर काठमाडौंकै किसानले पनि सरकारी लगानीबाट लाभ पाएका छैनन् ।
यो आर्थिक वर्ष मात्र सरकारल शिक्षा, यातायातपछि धेरै बजेट कृषिमा विनियोजन गरेको थियो । तर किसानले भने यसरी गरिएको सरकारी लगानीबाट लाभ पाएका छैनन् । देशको दुदराजमा बस्ने किसान मात्र होइन राजधानीकै व्यवसायिक किसानले समेत सरकारले लगानी गरेको बजेटको स्वाद चाख्न पाएका छैनन् ।
देशको ठूलो जनसंख्या कृषिमा आश्रित छन । तर सरकारले व्यवसायिक कृषिलाई प्राथमिकता दिने भने पनि त्यसका आधार बनाउन सकेको छैन् । गाडी किन्न र घर बनाउने ऋण पाइने यो देशमा किसानले बैंकको ऋण्ँ समेत पाउँदैनन् । रोपाइँका बेला मलको लाइन बस्नु किसानको बाध्यता हो ।
मल मात्र होइन बीउ पनि समयमा पाइदैन । अझ प्राकृतिक हिसाबले हुने क्षतिमा किसानले कतैबाट राहत पाउ“दैनन् न उनीहरुको वीमा नै हुन्छ । किसान, सरकार र प्रकृतिबाट मात्रै होइन बिचौलियबाट पनि ठगिने गरेका छन् ।
थोक तथा खुद्रा बिक्रेताले पनि किसानलाई नै ठग्नेगरेको किसानको गुनासो छ । बजारदेखि प्राविधिक व्यवस्थापन पनि किसान आफै गर्नु पर्छ । भन्न त सरकार संधै किसानका पक्ष्ँमा काम गर्ने भन्छ । तर पनि किसानले महसुस गर्न पाएकै छैनन् ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

कृषककालागि सरकारी लगानी, बालुवामा पानी
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment