सिरियाको होम्समा सेना र विपक्षीबीच भीडन्त

२२ असार । सिरियाको होम्स शहरमा सेना र विपक्षीबीचको भिडन्त जारी छ ।

एक सातादेखि जारी भिडन्तमा सेनाले सफलता हात पार्दै गएको जनाइएको छ । लेवनानको लडाकु समूह हिज्बुल्लाहको सहयोगमा सेनाले हवाई तथा स्थलबाट कारबाही चलाइरहेको छ ।

होम्समा जारी भिडन्तका कारण चार हजारभन्दा बढी मानिस अलपत्र परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । विद्रोहीको पकड क्षेत्र होम्समा सेनाले सफलता प्राप्त गरे मध्य सिरियामा नियन्त्रण जमाउन सरकार सफल हुनेछ ।

सिरियामा २७ महिनादेखि जारी सरकार विरोधी हिंसामा एक लाखभन्दा बढी मानिसको ज्यान गएको अधिकारवादीहरूले जनाएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...