११ साउन । करीब ४० वर्ष अघि र्निमाण भएको बझाङ जिल्लाको कारागार जिर्ण बन्दै गएपछि कैदीहरुले जोखिममा बस्न बाध्य भएका छन ।
कारागाराको घेरवार र कैदीघर भत्किने अवस्थामा भएकाले गएको चार पाँच वर्षदेखी बझाड कारागार असुरक्षित बन्दै गएको हो । कारागारको पुर्वपट्टीको दिवाल ढल्ने ढल्ने अवस्थामा छ ।
एकातिर कैदीलाई बस्न समस्या छ भने अर्कोतीर कारागार जीर्ण बनेका कारण कैदी नै भाग्ने डरले आफुहरु लाई थप समस्यामा पारेको कारागार सुरक्षामा खटिएका प्रहरि सहायक निरिक्षक राधेश्याम रानाले बताउनुभयो ।
कारागार जीर्ण भएकाले कारागार शाखाले मर्मत सम्भार तथा पुर्न र्निमाणका लागि पटक पटक केन्द्रमा पहल गरिए पनि त्यसको सुनुवाई भएको छैन । २५ जना कैदीको क्षमता रहेको बझाङ कारागारमा हाल ३२ जना कैदी राखिएका छन् ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

जिल्ला कारागार बझाङ जीर्ण, कैदी जोखिममा
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment