प्रमुख दलले गरेका निर्णयहरु गलत भएको नेतृ कोइरालाको दाबी

२६ असार । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले प्रमुख दलले गरेका अहिलेसम्मका सबै निर्णय गलत भएको दाबी गर्नुभएको छ ।

जिपी फाउण्डेशनले बुधबार काठमाडौमा गरेको कार्यक्रममा केन्द्रीय सदस्य कोइरालाले प्रमुख दलको एकलौटी निर्णयका कारण मुलुकमा संक्रमणकाल लम्बिएको आरोप लगाउनुभयो । पूर्वकर्मचारीले वर्तमान सरकारको नेतृत्व गरेका कारण चुनाव धाँधलीरहित हुन नसक्ने उहाँको भनाइ छ ।

नेतृ कोइरालाले भारतका विदेशमन्त्री सलमान खुर्सिदको नेपाल भ्रमणलाई सकारात्मक रूपमा लिँदै भारतले नेपालमा चुनाव चाहेको बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...