प्राथमिक स्वास्थ्य केन्द्रमा औषधिको अभाव (फोटो फिचर) - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

प्राथमिक स्वास्थ्य केन्द्रमा औषधिको अभाव (फोटो फिचर)

Share This
कृष्ण ओली ।
१८ असार । बाजुरा जिल्लाको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा औषधिको अभाव भएको छ ।

बर्षादको सुरुवादसँगै स्वास्थ्य संस्थामा विरामीको संख्यामा वृद्धि भएपनि औषधिको अभाव भएकाले विरामीहरु मारमा परेका छन् । स्वास्थ्य संस्थाका लागि आवश्यक औषधि ढुवानी गर्नमा ढिलाई भएपछि औषधिको अभाव देखिएको सिअहेव जीत कुमार साहनीले बताउनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा हाल सामान्य सिटामोल समेत नभएकाले मेडिकलबाट खरिद गरेर दिन थालिएको छ । प्राथमिक स्वास्थ्य केन्द्रले जिल्लाका ११ गाविसका जनतालाई सेवा प्रदान गर्दै आइरहेको भएपनि औषधीको अभाव भएपछि विमारीहरुले महँगो मुल्यमा औषधि खरिद गर्नुपर्ने बाध्यता रहेको छ ।

बिगत एक वर्ष देखि डाक्टर विहिन बनेको स्वास्थ्य केन्द्रमा हाल सि अहेव अशोक कुमार सिंहको भरमा सञ्चालन हुँदै आएको छ । दैनिक एक सय बढी विरामी उपचारका लागि आउने गरेका भएपनि औषधि अभावले विरामीको औषधोपचारमा कठिनाई भएको छ ।

बर्षाका कारण मार्तडी देखि कोल्टी सम्मको बाटोमा खच्चड सेवा अवरुद्ध भएपछि औषधि ढुवानीमा समस्या भएको हो । जिल्ला स्वास्थ्य कार्यालयमा औषधि पुगिसकेपनि बाटो विग्रिएकाले ढुवानीमा कठिनाई भएको छ ।
डाक्टरको दबरबन्दी अनुसार पद पूर्तिका लागि आवश्यक पहल गर्दा पनि सुनुवाई नभएको जिल्ला प्रमुख डाक्टर झपिन्द्र पोखरेलले बताउनुभयो । कोल्टी क्षेत्रका सर्वसाधारणले सामान्य हात भाँचिदा समेत जहाजको महँगो भाडा तिरेर सुर्खेत नेपालगंज जानु पर्ने बाध्यता रहेकोछ । गाविसमा खोप सेवा प्रभावकारी रुपमा सञ्चालान भएपनि अन्य सेवा भने सोचे जस्तो सञ्चालनमा नआएको पाइएको छ ।
(फोटो फिचर)

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here