नेकपा एमाले पनि आन्तरिक किचलोमा

४ असार । नेकपा एमाले पनि आन्तरिक किचलोमा फसेको छ ।

चुनावको एजेण्डा तय गर्न बसेको वैठकमा जनताको वहुदलिय जनवादको पुर्नब्याख्याको प्रस्ताव आएपछि रन्थनिएको एमाले नेतृत्वको सामुन्नेमा संविधानसभा चुनाव अघि नै महाधिवेशनको माग पनि थपिएको छ ।

आसन्न संविधानसभा चुनावमा पार्टीको रणनीति तय गर्न बसेको नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक एजेण्डा बाहिर पुगेको छ । मंसिर चारगते हुने चुनावमा पार्टीले अबलम्बन गर्नुपर्ने रणनीति, उमेद्वारको टुंगो र राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकका विषयमा छलफल गर्न बोलाईको बैठकमा पार्टीको महाधिवेशन र मार्गदर्शक सिद्धान्त जनताको बहुदलिय जनवादको थप व्याख्या सहितको एजेण्डा नेताहरुले उठाएपछि बैठक नियमित एजेण्डा भन्दा बाहिर पुगेको हो । यद्यपी औपचारीक रुपमा भने एमालेले बैठक चुनावी रणनीतिमै केन्द्रीत रहेको भन्दै चुनावपछिमात्र महाधिवेशनको रुपमा छलफल हुने दावि गरेको छ ।

बैठकमा पेश गरिएको अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रस्तावमा फागुनसम्म महाधिवेशन गर्ने भएकाले चुनाव अगाडी त्यस विषयमा विवाद गर्न नहुने उल्लेख छ ।

बैठकमा नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भषाल, अरुण नेपाल, योगेश भट्टराई, परशुराम मेघी गुरुङ, विजय पौडेललगायतका नेताले सबै कम्युनिष्टलाई समेट्नेगरी जनताको बहुदलिय जनवादलाई रुपान्तरण गर्नेगरी जबजको थप व्याख्याको एजेण्डा पेश गरेका छन् । उनीहरुले नेपाली समाजको चरित्र पुँजीवादी भइसकेको भन्दै पार्टीको मार्गनिर्देशक सिद्धान्त जबजलाई जनताको पहुंचसम्म पु¥याउनको लागि थप ब्याख्या गर्न यो प्रस्ताव ल्याएको बताएका छन् ।

आइतबारसम्म चल्ने बैठकमा चुनावी रणनीति, असन्तुष्ट दलसंगको वार्ता र छलफल, समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल हुने छ । त्यस्तै, पार्टीले सञ्चालन गरेको एक महिने चुनावी अभियानको विश्लेषण, राष्ट्रिय प्रतिनिधि परिषद् बैठक र अनेरास्ववियुको विधान सम्मेलन र राष्ट्रिय सम्मेलनका विषयमा समेत छलफल हुने एमालेले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...