चुनाव वहिष्कार गर्न कसैलाई छुट छैनः प्रचण्ड

४ साउन । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा बहिष्कार गर्न कसैलाई छुट नभएको बताउनु भएको छ ।

ललितपुरमा सुरु भएको सातौ बिस्तारित बैठकमा अध्यक्ष प्रचण्डले संबिधानसभाको चुनावका लागि दश बर्षसम्म लडेको नेकपा–माओवादीलाई चुनाव बहिष्कार गर्ने छुट नभएको बताउनु भएको हो ।

उहाँले मुलुकको परिवर्तनका लागि १२ बुदेका सहयात्री दलहहरु आत्मसात गदै अगाडि बढेर चुनावमा जानुपर्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले नेकपा–माओवादी र मधेशी जनअधिकार फोरम नेपालसँग छलफल भइरहेको भन्दै चुनावमा ल्याउन सकिने मागहरु पुूरा गर्ने बताउनुभयो ।

कार्यक्रममा नेता डाक्टर बाबुराम भट्टराईले बिस्तारित बैठकबाट चुनावकेन्द्रित भएर आउने दाबी गर्नुभयो । उहाँले जनताको अधिकार सुनिश्चित गर्न चुनावमा सबैदल लाग्नुपर्ने बताउनुभयो । उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशले जित्ने भनेको संबिधानसभाको चुनाव गर्नुपर्ने बताउनुभयो । उहाँले चुनावका लागि पार्टी एकताबद्ध भएर जनताको संबिधान बनाउन अगाडी बढ्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...