१० साउन । महोत्तरीको जलेश्वरमा मधेसी जनअधिकार फोरम नेपालका कार्यालय सचिव प्रगाश साहमाथि गोली प्रहार गरिएको छ ।
दुईजनाको संख्यामा आएका हतियारधारी व्यक्तिले खैराचौकस्थित पार्टी कार्यालयमा बसिरहेको बेला एक राउण्ड गोली प्रहार भएको जनाइएको छ ।साहको बायाँ पाखुरामा गोली लागेको छ । पाखुरामा गोली लागेपछि उपचारका लागि साहलाई जलेश्वर अस्पताल लगिएको थियो तर उहाँको सो अस्पतालमा उपचार हुन नसकेपछि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
भारतीय नम्वर प्लेट बी आर ८२६३ नम्वरको रातो रंगको टीभीएस मोटरसाईकल चढेर आएका हतियारधारीहरु स्थानीयबासिन्दालाई पेस्तोल ताक्दै भारतीय नाका भिठ्ठामोडतिर भागेको जनाइएको छ ।
प्रहरीले घटनास्थलबाट एक राउण्ड गोलीको खोका बरामद गरेको छ । घटनास्थल वरपर सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । घटनास्थल नजिकै एकसय मिटरकै दुरीमा सशस्त्र प्रहरीको विट रहेको र २४सै घण्टा नेपाल प्रहरीको समेत उपस्थित रहने गरेपनि अपराधी भागेको भन्दै स्थानीयबासिन्दाले आक्रोश पोखेका छन् ।
शान्तिसुरक्षाको प्रत्याभूति पाउनुपर्ने माग गर्दै जलेश्वरमा केहीबेर प्रदर्शन समेत भएको थियो । मधेशी जनअधिकार फोरम नेपालले घटनाको भ्रत्र्सना गर्दै घटनामा संलग्नहरुलाई कडा कारवाही गर्न र माग गरेको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

महोत्तरीको जलेश्वरमा फोरम नेतामाथि गोली प्रहार
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment