१५ वर्ष पछि हत्यारा पक्राउ

१८ असार । १५ वर्षअघि गाउँकै एक युवकलाई हत्या गरी फरार रहेका धादिङ सेमजोङका टोके तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

२०५५ साल पुष १९ गते राती गाउँकै दुर्गाबहादुर गुरुङको हत्या गरेर फरार रहेका तामाङलाई सदरमुकाम धादिङबेसीबाट विशेष सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

हत्यापछि फरार रहेका तामाङलाई जिल्ला प्रशासन कार्यालयमा पासपोर्ट बनाउन आउने क्रममा सोमबार प्रशासन कार्यालय भित्रैबाट पक्राउ गरेको प्रहरी नायव उपरिक्षक अशोक सिंहले बताउनुभयो ।

पक्राउ परेका टोकेलाई २०६७ साल जेठ २३ गते जिल्ला अदालत धादिङले दोषी ठहर गरी २० वर्षको कैद सजाय तोकेको थियो । तामाङलाई आवश्यक प्रक्रिया पुर्याएर जिल्ला अदालतमा वुझाइने जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख अशोक सिंह ठकुरीले वताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...