मुर्सीबाट पद छोड्न अस्वीकार

१९ असार । इजिप्टका राष्ट्रपति महम्मद मुर्सीले आफू संवैधानिक राष्ट्रपति भएको भन्दै पद छोड्न अस्वीकार गरेका छन् ।

राष्ट्रपति मुर्सीलाई राजनीतिक संक्रमण अन्त्य गर्न सेनाले दिएको ४८ घण्टाको अल्टिमेटम सकिनै लाग्दा टेलिभिजन सम्बोधन गरी मुर्सीले पद त्याग गर्न अस्वीकार गरेका हुन् । मुर्सीले आफू संवैधानिक रूपमा निर्वाचित राष्ट्रपति भएका कारण पद छाड्न नसकिने जिकिर गरेका छन् ।

उनले प्रदर्शनकारीलाई शान्त र धैर्य रहनसमेत आह्वान गरेका छन् । सेनाले भने राष्ट्रपति मुर्सीले समाधानमा असफल भए वा पद त्याग नगरे आफ्नै कार्यदिशा लागू गर्ने भन्दै मस्यौदा सार्वजनिक गरेको छ । सेनाले नयाँ राष्ट्रपतिको निर्वाचन, संविधान निलम्बन तथा संसदको विगठनलगायतका योजना सार्वजनिक गरेको हो ।

यसैबीच, राजधानी कायरोस्थित विश्व विद्यालयका साथै विभिन्न शहरहरूमा मुर्सी समर्थक र विपक्षीबीच भएको झडपमा १६ जनाको मृत्युभएको छ । विपक्षीहरूले मुर्सीको राजीनामा माग गर्दै हिंसात्मक प्रदर्शन गर्दै आएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...