इजिप्टमा अन्तरिम सरकार गठनका विषयमा विवाद

२३ असार । इजिप्टको आन्तरिम सरकार गठनका बारेमा विवाद सुरु भएको छ ।

गत शुक्रबार सेनाले राष्ट्रपति मोहम्मद मुर्सीलाई बर्खास्त गरी प्रधानन्यायधिस आदली मन्सौरलाई अन्तरिम राष्ट्रपति पदमा नियुक्त गरे पछि आन्तरिम सरकार गठनमा विवाद सुरु भएको हो ।

यसअघि, इजिप्टको सरकारी समाचार संस्थाले विपक्षी सुधारवादी नेता महम्मद इलबारादीलाई आन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्ने घोषणा गरेपनि राष्ट्रपतिका प्रवक्ताले नियुक्त नभएको बताएका छन् ।

ईलबारादीको नियुक्तिलाई विपक्षी इस्लामीक दल नुर पार्टीले विरोध गरेपछि प्रधानमन्त्री नियुक्तिमा विवाद थपिएको हो । गत शुक्रबार इजिप्टेली सेनाले मुस्लीम ब्रदरहुडका राष्ट्रपति मोहम्मद मुर्सीलाई बर्खास्त गरे पछि इजिप्टमा नयाँ राष्ट्रपति चुनावका लागि आन्तरिम सरकार गठन गर्ने क्रम सुरु भएको छ ।

यता, मुर्सी बर्खास्तीको विरोधमा मुस्लीम ब्रदरहुडका समर्थकहरुले विभिन्न शहरहरुमा गरेको विरोध प्रदर्शनका कारण ३५ जनाको मृत्यु भैसकेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...