बाराका क्रशर उद्योगको मनपरी

१९ असार । बन्द गरेको दुईसाता पनि वित्न नपाउँदै रोडा ढुङ्गा विदेश निकासी खुला गरेपछि बारामा क्रसर उद्योगको मनपरि बढेको छ ।

असारको पहिलो साता बाराबाट रोडा ढुङ्गा विदेश निकासीमा रोक लगाईएको थियो तर दुईसात नवित्दै निकासि खुला गरेपछि समस्या बढेको हो । झण्डै ३ वर्ष अघि पनि रोडा ढुङ्गा विदेश निकासी गर्न रोक लगाइएको थियो ।

तर, स्टक ढुंगाबाट उत्पादन भएका रोडा, गिट्टी विदेश निकासी गर्न छुट दिने निर्णय भएपछि डेढबर्षदेखि पुनः रोडा ढुङ्गा उत्खननको काम सुरु भएको थियो । क्रसरका कारण चुरे रित्तीदै गएको छ भने बाराका खेतीयोग्य जमिन नासिदै छ । यता बस्ती बस्तीमा पानीको समस्या पनि बढेको छ । यस सम्बन्धमा विस्तृत खुलासा बुधबार राति ८:३० बजे कार्यक्रम खोजखबरमा गर्ने छौं ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...