हेटौंडा नगरपालिकाले उठाउँदै आएको सवरी करमा अनियमितता भएको आरोप

२३ असार । हेटौँडा नगरपालिकाले उठाउँदै आएको सवारी करमा अनियमितता गरेको नेकपा माले मकवानपुरले आरोप लगाएको छ ।

माले मकवानपुरले पत्रकार सम्मेलन गरी नगरपालिका आफैंले संकलन गरेको करमा बर्षौंदेखि अनियमितता हुंदै आएको आरोप लगाएको हो ।

दैनिक सयौं सवारी ओहोर दोहोर गर्ने हेटौडा नगरपालिका वडा नम्बर १० मा रहेको बसपार्कमा दुई स्थानबाट र सिमेन्ट रोडमा एक स्थान गरि ३ ठाँउबाट नगरपालिकाले कर उठाउँदै आएको छ ।

नगरपालिकाले बार्षिक ५ करोड रुपैयाँ भन्दा बढि अनियमितता गरेको माले मकवानपुरका सचिव भीमसेन महतले दाबी गर्नु भयो ।
नगरपालिका भित्रको अनियमितताको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नुपर्ने मालेको माग छ । हेटौडा नगरपालिकाले ट्रक, ट्याङ्कर तथा भारतिय सवारी साधनबाट कर उठाउँदै आएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...