१५ साउन । भारतले कपिलवस्तुको सीमा क्षेत्र दशगजासंगै सडक बनाउन शुरु गरेपछि बिवाद भएको छ ।
नेपाल भारत सीमा क्षेत्र अन्र्तगत कपिलवस्तुको पिपरा चाकरचौडा क्षेत्रमा भारतले एकतर्फी सडक बनाउन लागेको हो । दुवै देशका अधिकारीहरुले सीमा क्षेत्र अवलोकन गरेपनि दशगजा क्षेत्रको चौडाई यकिन गर्न नसक्दा विवाद बढेको हो ।
५ सय ४९ नम्बर पिलर स्तम्भ नजिक निर्माण गर्न लागिएको सडकका कारण दशगजा मिचिने भन्दै सशस्त्र प्रहरी सिमा सुरक्षा र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले काम बन्द गर्न आग्रह गरेका छन् । नापी विभागका प्रतिनिधीले सीमा क्षेत्र निरिक्षण गरेर प्रतिवेदन बुझाएपछि निर्माणबारे टुंगो लगाईने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

भारतले दशगजासँगै सडक बनाउन थालेपछि विवाद
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment