संविधानसभाको चुनाव कसैले भाड्न सक्दैनन्ः देउवा

२० असार । नेपाली कांग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाले मंसिर ४ गते हुने चुनावलाई कसैले भाँड्न नसक्ने दाबी गर्नुभएको छ ।

कांग्रेस नेता बलबहादुर राई स्मृति प्रतिष्ठानले विहीबार काठमाडौंमा गरेको कार्यक्रममा देउवाले राजनीतिक निकासका लागि चुनाव एक मात्र विकल्प भएको भन्दै जनताको अधिकार कसैले हस्ताक्षेप गर्न नसक्ने बताउनुभयो । नेता देउवाले अनावश्यक बाहना बनाएर चुनाव भाँड्छौ भन्नेलाई जनताले माफी नदिने भन्दै चुनावको विरोध गर्नेलाइ जनताबाट नभाग्न आग्रह गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...