आगामी विश्वकप फुटबल टिकटको दरभाउ घोषणा - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

आगामी विश्वकप फुटबल टिकटको दरभाउ घोषणा

Share This
५ साउन । आगामी बर्ष ब्राजिलमा हुने विश्वकप फुटबलमा अन्तराष्ट्रिय दर्शकका लागि टिकटको दरभाउ घोषणा गरिएको छ ।
जसअनुसार समूह चरणका खेलमा टिकटको मुल्य ९० डलर अर्थात ८ हजार पाँच सय ४७ नेपाली रुपयाँ तोकिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अनुसार सन् २०१४ को १३ जुलाईमा हुने फाईनल म्याचको सबैभन्दा सस्तो टिकट ४ सय ४० अमेरिकी डलर अर्थात लगभग ४१ हजार ८ सय रुपयाँ तोकिएको छ भने सबै भन्दा महंगो टिकट ९ सय ९० अमेरिकी डलर अर्थात लगभग ९४ हजार रुपयाँ तोकिएको छ ।
ब्राजिलकै स्थानीयहरुलाई भने टिकटको मुल्य बिभिन्न आरक्षण छुट सहित सस्तोमा दिईने छ । त्यस्तै विश्वकप फुटबलका लागि स्टेडियम निर्माण गर्ने कामदारका लागि करिब ५० हजार टिकट सुरक्षित राखिने जनाइएको द्ध । विश्वकप आगामी बर्षको जुन १२ मा ब्रजिलको साओ पाउलोमा सुरु हुँदैछ । टिकटको बिक्रि भने आगामी अगस्ट २० बाटै सुरु हुनेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here