बर्तमान सरकारको विकल्प खोज्नु हुँदैनः देउवा

१७ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले वर्तमान सरकारको विकल्प खोज्न नहुने बताउनुभएको छ ।

काठमाडौंको बुढानिलकण्ठस्थित देउवा निवास सोमबार भएको कार्यक्रममा नेता देउवाले सरकार परिर्वतनको एजेण्डाले आसन्न संविधानसभाको चुनाव बिथोलिने भएकोले सरकार परिर्वतनको कुरा गलत भएको बताउनुभएको हो ।

उहाँले सरकार विघटन गरेर एक वर्षसम्म पनि सरकार गठन गर्न नसकेको विगतको अनुभववाट पाठ सिकेर यो माग छाड्न असन्तुष्ट दलहरूलाई आग्रह गर्नुभयो । नेता देउवाले देशको जटिल अवस्थालाई पार लगाउने एक मात्र उपाय चुनाव भएको भन्दै सबै पक्षलाई समेटेर चुनावमा जानुपर्ने बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...