अमेरिकी दूतावास बन्द गर्ने बोलिभियाली राष्ट्रपतिको चेतावनी

२१ असार । बोलिभियाका राष्ट्रपति इभो मोराल्सले आफनो विमानलाई युरोपियन आकाशमा उड्न प्रतिबन्ध लगाएको विषयलाइ लिएर अमेरिकी दुतावास बन्द गर्ने चेतावनी दिएका छन् ।

मोराल्सले ती मुलुकहरुले अमेरिकाको इसारामा यस्तो निर्णय लिएको आरोप लगाउँदै आफानो मुलुकको अमेरिकी दूतावास बन्द गर्ने चेतावनी दिएका हुन् । मंगलबार उनी सवार विमान फ्रान्स, र्पोचुगल, इटाली र स्पेनले आफनो आकाशमा उड्न नदिएपनि विमान अस्ट्रियामा अवतरण गरिएको थियो ।
उनी सवार विमानमा अमेरिकी गुप्तचर संस्थामा कार्यरत एड्वार्ड स्नोडेनपनि रहेको आशंकामा मोराल्सको विमानलाइ युरोपका केही देशहरुले उड्न दिएका थिएनन् । उनले अमेरिकाले यी मुलुकहरुलाइ अनावश्यक दवाव दिएको आरोप समेत लगाएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...