नवनियुक्त न्यायाधीशहरुलाई न्यायिक मूल्य मान्यतामा कार्य गर्न सुझाव

२१ असार । नेपाल बार एशोसियसनका अध्यक्ष हरिकृष्ण कार्कीले न्यायिक मूल्य मान्यतामा रहेर कार्य सम्पादन गर्न नवनियुक्त न्यायाधीशहरुलाई सुझाव दिनु भएको छ ।

काठमाडौमा शुक्रबार भएको कार्यक्रममा अध्यक्ष कार्कीले न्याय सम्पादन गर्दा कानुनी मूल्य, मान्यता अडिग रहन नवनियुक्त न्ययाधीशहरुलाई सझाव दिनु भएको हो ।

उहाँले न्यायिक मूल्य मान्यतामा रहेर काम गर्न चुनौतीपूर्ण भएपनि त्यसलाई सकारात्मक रुपमा ग्रहण गर्न आग्रह गर्नुभयो । अध्यक्ष कार्कीले राजनीतिक दलमा आबद्ध हुनु अपराध नभए पनि न्यायसम्पादनको कार्यमा राजनीतिक आग्रह पूर्वाग्रह बोक्न नहुने धारणा राख्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...