म्याग्दीको पात्लेखेतमा पहिरो, ४५ घर जोखिममा - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

म्याग्दीको पात्लेखेतमा पहिरो, ४५ घर जोखिममा

Share This
२४ असार । म्याग्दीको पात्लेखेत गाविसको बान्द्रेमा गएको पहिरोबाट ४५ घर जोखिममा परेका छन् ।


रघुगङ्गा सामुदायिक बनमा गएको पहिरोबाट वडा नम्बरं ४ का ४५ घर जोखिममा परेका हुन् । रघुगङ्गा नदीको किनारबाट सुरु भएको पहिराले यस अघि हजारौ मुरी थान उत्पादन हुने खेतीयोग्य जमिन समेत बगाइसकेको छ । पहिरो नियन्त्रण गर्न लगाइएको ग्याबिन समेत पहिरोले बगाउन थालेपछि स्थानीयवासी चिन्तित छन् । निरन्तर पहिरो खस्न थाले पछि स्थानीयवासी जोखिम मोलेर बस्न बाध्य भएको गुनासो गरेका छन् । पहिरो नियन्त्रणका लागि तारजालीको ग्याबिन पर्खाल बनाउने, भल तर्काउने लगायतका पहल भए पनि दिगो हुन नसक्दा जोखिम बढेको हो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here