युनिटी प्रकरणमा फसाउन खोजिएको पूर्व अर्थमन्त्री पाण्डेको दाबी

२० असार । युनिटी लाइफ प्रकरणमा ५ करोड रुपैंयाँ लिएको आरोप लागेका पूर्व अर्थमन्त्री तथा एमाले नेता सुरेन्द्र पाण्डेले आफूले रकम नलिएको दाबी गर्नुभएको छ ।

बुधबार प्रकाशित एक साप्ताहिक पत्रिकाले युनिटी प्रकरणमा सुरेन्द्र पाण्डे मुछिएको खबर प्रकाशन गरेको थियो । विहीबार पत्रकार सम्मेलन गर्दै एमाले नेता पाण्डेले आफूलाई बदनाम गर्ने नियतबाट यो खवर आएको दाबी गनुभयो । युनिटि लाईफका गतिविधिहरु अवैधानिक भएको ठहर आफैं अर्थमन्त्री भएको बेलामा गरेकोे भन्दै पुर्वअर्थमन्त्री पाण्डेले नगद वा जिन्सी लिएको भए पुष्टि गरेर देखाउन चुनौति दिनुभयो ।

खवरमा पूर्वअर्थमन्त्री पाण्डेले पटक पटक गरी करिव ५ करोड रुपियाँ नगद लिएको र करोडौं मूल्यका जिन्सी सामानको पारदर्शिताको माग गर्दै कृष्ण पाठकले एमाले अध्यक्ष झलनाथ खनालसँग लिखित अनुरोध गरेको उल्लेख छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...