काठमाडौँको धोबीखोलामा एक जना मृत अवस्थामा फेला - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

काठमाडौँको धोबीखोलामा एक जना मृत अवस्थामा फेला

Share This
१३ साउन । बुद्धनगरस्थित रोजबर्ड स्कूलनजिकैको धोबीखोलामा एक जना मृत अवस्थामा फेला परेका छन् ।
मृतक दोलखा भीरकोट गाविस वडा नम्बर ५ का ३० वर्षीय ईन्द्रबहादुर सार्की भएको जनाइएको छ । मृतकको शव ट्याक्सी व्यवसायी समितिले सार्की ट्याक्सी चालक भएको जनाएको छ । चालक सार्कीलाई हत्या गरी फालिएको समितिसम्बद्ध चालकहरूको दाबी छ ।

सार्कीका हत्यारा पत्ता लगाई दोषीमाथि कारबाहीको माग गर्दै ट्याक्सी चालकहरूले आन्दोलनमा उत्रिएका छन् । यसैबीच, बबरमहल र बिजुली बजारको बीचमा पर्ने धोबीखोलामा एक ट्याक्सी खसेको अवस्थामा भेटिएको छ । मृत फेला परेका व्यक्ति धोबीखोलामा खसेको ट्याक्सीकै चालक भएको ट्याक्सी व्यवसायी समितिको दाबी छ ।

खोलामा खसेको बा। १ ज ७९९४ नम्बरको ट्याक्सी काठमाडौं महानगरपालिका वडा नम्बर १ की बिनिता राणाको नाममा रहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here