नवौं चरणको रेशमा डानियल मार्टिनले पहिलो स्थानमा पुरा गरे

२४ असार । आयरल्याण्डका डानियल मार्टिनले जारी टुर डी फ्रान्स साइक्लिङ प्रतियोगिताअन्तर्गत नबौ चरणको रेश पहिलो स्थानमा पूरा गर्न सफल भएका छन् ।

गएराति भएको सेन्ट गिरोन्सदेखि बाग्नेरेर डी बिगोरसम्मको १ सय ६८ दशमलव ५ किलोमिटरको रेश मार्टिनले ४ घण्टा ४३ मिनेट तीन सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हात पार्न सफल भएका हुन् । त्यस्तै, डेनमार्कका जाकोब फुग्लसाङगले दोस्रो तथा पोल्याण्डका मिचेल क्विटकोविस्कीले तेस्रो स्थानमा रहदै रेश पूरा गरेका छन् ।

समग्रमा अहिलेसम्म ३६ घण्टा ५९ मिनेट १८ सेकेन्डमा रेश पूरा गर्दै ग्रेट ब्रिटेनका क्रिश फोमी शीर्ष स्थानमा रहँदै पहेलो जर्सी लिन सफल भएका छन ।

त्यस्तै, स्पेनी अजेक्जान्द्रो भाल्भेर्दो दोस्रो तथा नेदरल्याण्डका बौके मोललेमा तेस्रो स्थानमा छन् । प्रतियोगिताअन्तर्गत भोलि सेन्ट गिल्डास देसवोइसदेखि सेन्ट मालोसम्मको १ सय ९७ किलोमिटरको १० औ चरणको रेश सन्चालन हुनेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...