अफ्रिका विरुद्धको खेलमा श्रीलंकाले जित्यो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

अफ्रिका विरुद्धको खेलमा श्रीलंकाले जित्यो

Share This
६ साउन । दक्षिण अफ्रिकाविरुद्धको पहिलो एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत गएरातिको खेलमा श्रीलंका विजयी भएको छ । कोलम्बुस्थित प्रेमदाशा स्टेडियममा भएको खेलमा श्रीलंकाले दक्षिण अफ्रिकालाई १ सय ८० रनले पराजित गर्न सफल भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धँरित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय २० रनको योगफल तयार पारेको थियो । श्रीलंकाका लागि कुमार साङगाकाराले सर्वाधिक १ सय ६९ रनको पारी खेलेका थिए । उनले १ सय ३७ बलमा १८ चौका र ६ छक्का प्रहार गरेका थिए । त्यस्तै, ओपनर ब्याट्सम्यान उपुल थरङगाले ४३ रन तथा महेला जयबद्धनेले ४२ रनको योगदान दिएका थिए ।

३ सय २१ रनको लक्ष्य लिएर ब्याटिङ गरेको दक्षिण अफ्रिकाको पारी ३१ दशमलव ५ ओभर मात्र १ सय ४० रनमा समेटिएको थियो । दक्षिण अफ्रिकाका लागि एल्भिरो पिटरसन र रोबिन पिटरसनले समान २९–२९ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहारो अंक जोड्न सकेनन् ।

दक्षिण अफ्रिकाको पारी ध्वस्त पार्ने क्रममा श्रीलंकाका थिसरा परेरा र रंगाना हेर्थले समान तीन—तीन विकेट तथा तिलकरत्ने दिलसानले २ विकेट लिएका थिए । खेलमा श्रीलंकाका कुमार साङगाकारा म्यान अफ दी म्याच चुनिए । जितपछि श्रीलंकाले पाच एकदिवसीय क्रिकेट श्रृङ्खलामा एक–शून्यको अग्रता लिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here