३१ असार । श्रीलंकाले प्रथम दक्षिण एशियाली आमन्त्रण पुरुष भलिवल प्रतियोगिताको उपाधी जित्न सफल भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कबर्ड हलमा सोमबार भएको फाइनल खेलमा श्रीलंकाले माल्दिभ्सलाई तिन—शुन्यको सोझो सेटमा पराजित गर्द उपाधी माथि कब्जा जमाउन सफल भएको हो ।
श्रीलंकाले माल्दिभ्सलाई खेलको पहिलो सेटमा २४—१७, दोस्रो सेटमा २५—१९ र अन्तिम सेटमा २५—२३ ले हराएको थियो । खेलको अन्तिम सेटमा माल्दिभ्सले श्रीलंकालाई कडा टक्कर दिएका थिए । प्रतियोगितामा माल्दिभ्सका अलि हुजाम बेस्ट स्पाइकर, अब्दुल्हा जुनिद वेस्ट लिब्रो, श्रीलंकाका टि एम एच के एकानाइके बेस्ट ब्रल्कर, सन्जय एस ए जे वेस्ट सटर तथा दिशानाइके वेस्ट सर्भर घोषित भएका छन । त्यस्तै, श्रीलंकाका सुरथ एस ए जे वेस्ट प्लेयर घोषित भए ।
वेस्ट प्लेयरको उपाधीसंगै सुरथले नगद २ सय अमेरिकी डलर प्राप्त गरेका छन । प्रतियोगिताो उपाधीसंगै श्रीलंकाले नगद २ लाख रुयैया, उपविजेता बनेको माल्दिभ्सले नगद एक लाख रुपैया तथा तेस्रो स्थान हात पारेको नेपालले ५० हजार रुपैया प्राप्त गरेका छन । श्रीलंका र माल्दिभ्स समुहको शिर्ष दुईमा पदै फाइनलमा प्रवेश गरेको थियो ।
यसै विच नेपालका राष्ट्रिय खेलाडी भरत शाहले सोमबार देखि खेल जिबनबाट सन्यास लिएको घोषणा गरेका छन। शाहलाई भलिबल खेलमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै नेपालले भलिबल संघले विशेष सम्मान गरेको थियो । खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री राम कुमार श्रेष्ठ, खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना र सदस्य सचिब युवराज लामाले पुरस्कार वितरण गर्नुभएको थियो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment