फेवातालको जलकुम्भी नियन्त्रणमा स्थानीयबासी जुटे - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

फेवातालको जलकुम्भी नियन्त्रणमा स्थानीयबासी जुटे

Share This
१३ साउन । पोखरास्थित फेवातालको जलकुम्भी नियन्त्रण गर्न सरोकारवाला निकायले चासो नदिएपछि स्थानीय व्यवसायीहरू नै यस कार्यमा जुटेका छन् ।
तालको जलकुम्भी नियन्त्रण गर्न सरकारी निकाय मौन बसेपछि रेष्टुरेन्ट एण्ड बार एशोसियसन अफ नेपाल रेवानको अगुवाईमा जलकुम्भी निकाल्ने प्रयास भएको छ । जलकुम्भी निकाल्ने काममा फेवा देखाएर रकम असुल्ने पर्यटन व्यवसायीको भने न्यून उपस्थिति रहेको थियो ।

कतिपय व्यवसायीले जलकुम्भी निकाल्ने काम पर्यटन व्यवसायीको नभएको भन्दै स्थानीय प्रशासनले गर्नुपर्ने बताउँदै आएका छन् । फेवाताल संरक्षण गर्ने नाममा धेरै संघसंस्था खुलेपनि एकले अर्काको मुख ताक्ने प्रवृत्ति बढे्काले संरक्षण नभएको स्थानीयवासीले बताएका छन् । जिल्ला विकास समितिले भने जलकुम्भी निकाल्न वर्षेनी चार लाख रूपैयाँ छुटट्याउँदै आएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here