त्रिकोणत्मक एकदिवसीय क्रिकेटमा पनि भारत कै कब्जा - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

त्रिकोणत्मक एकदिवसीय क्रिकेटमा पनि भारत कै कब्जा

Share This
२८ असार । क्रिकोणत्मक एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ ।
बिहिवार राति सम्पन्न खेलमा श्रीलंकालाई १ विकेटले पराजित गदै भारतले उपाधि कब्जा गरेको हो । च्याम्पियन्स् ट्रफीको उपाधि उचालेको दुई सातापछि भारतले तीन देश सम्मिलित एकदिवसीय क्रिकेटको उपाधि कब्जा गरेको हो ।

पहिलो ब्याटिङ गरेको श्रीलंकाले ४८ ओभर ५ बलमा अलआउट हुँदै २ सय १ रन बनाएको थियो । २ सय २ रनको लक्ष्य पच्छ्याएको भारतले ४९ ओभर ४ बलमा बिजयी लक्ष्य भेट्टाएको थियो ।

भारतको जितमा कप्तान महेन्द्रसिंह धोनीले महत्वपूर्ण योगदान दिए । उनले ५२ बलमा २ छक्का र ५ चौका हान्दै नटआउट ४५ रन बनाएका थिए । अन्तिम ओभरमा १५ रन आवश्यक रहेको भारतका लागि धोनीले दुई छक्का र एक चौका हानेर जित सुनिश्चित गरेका थिए । भारतको इनिङमा ओपनर रोहित शर्माले सर्वाधिक ५८ रनको योगदान गरेका थिए । उसको इनिङमा सुरेश रैना ३२, दिनेश कार्तिक २३ र ओपनर शिखर धवनले १६ रनको योगदान दिएका थिए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

श्रीलंकाको इनिङमा कुमार सांगाकारले सर्वाधिक ७१ रनको योगदान दिएका थिए । यस्तै, लाहिरु थिरामान्नेले ४१, माहले जयबद्र्धनेले २२ र उपुल थाराङ्गाले ११, तथा कप्तान एन्जोला म्याथ्युले १० रनको योगदान दिए । अन्य ब्याट्सम्यानले भने दोहोर अंक जोड्न सकेनन ।

बलिङतर्फ श्रीलंकाका रंगना हेराथले ४, सामिन्दा इराङ्गाले २ विकेट लिए । यस्तै लासिथ मालिङ्गा, एन्जोला म्याथ्यु र सुरङ्गा लकमलले एक एक विकेट लिए । भारतका रविन्द्र जडेजाले ४ विकेट लिए । यस्तै, रविचन्द्र आश्विन, भुवनेश्वर कुमार र इसान्त शर्माले दुई दुई विकेट लिए ।
भारतका कप्तान धोनी प्रतियोगिताका म्यान अफ द म्याच भए । यस्तै भारतकै भुवनेश्वर कुमार म्यान आफ द सिरिज भए ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here