७ साउन । सरकारले आदिवासी जनजातीसहितको लक्षित समुहको संयन्त्र खारेज गरेको भन्दै आदिवासी जनजातीहरुलेले रुपन्देही बन्द आह्वान गरेका छन् ।
आदिवासी जनजाती, दलित, मुस्लिम, अल्पसख्यक लगायतका समुदायको प्रतिनिधित्व रहने गरि सवै जिल्लामा गठन गरिएको उक्त संयन्त्रलाई खारेज गरेको भन्दै जिल्ला बन्द आह्वान गरिएको हो । बन्दले रुपन्देहीका प्रमुख व्यापारिक नाका बुटवल, भैरहवा लगायतका क्षेत्र प्रभावित भएका छन । बन्दका कारण विहानैबाट यातायातका साधन, शैक्षिकसंस्था, उद्योगकलकारखाना बन्द पूर्णरुपमा ठप्प भएका छन् । २०६२/०६३ को आन्दोलन सफल भएपछि सरकारले लक्षित समुहको संयन्त्र गठन गरि प्रत्येक गाविसमा ३५ प्रतिशत बजेट सो समुहलाइ छुट्टाउनुपर्ने व्यवस्था गरेको थियो । तर गत जेठ २९ गते स्थानीय विकास मन्त्रालयले उक्त संयन्त्र खारेज गरेको थियो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

आदिवासी जनजातीको बन्दले रुपन्देहीको जनजीवन प्रभावित
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment